ad ad

राजनीति


प्रधानमन्त्रीले भने- चीन भ्रमणमा विद्युत् व्यापारको समझदारी बन्दै छ

भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारणलाइनको उद्घाटन
प्रधानमन्त्रीले भने- चीन भ्रमणमा विद्युत् व्यापारको समझदारी बन्दै छ

नेपालखबर
भदौ ५, २०८० मंगलबार १६:३८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उर्जामा आत्मनिर्भर बन्दै विद्युत व्यापार मार्फत मुद्रा आर्जन गर्ने कार्यको थालनी गरेको बताएका छन्।

भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै उनले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले उत्पादन, प्रशारण र वितरणमा उचित तालमेल मिलाई उर्जा क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउदै गएका मात्र छैनौं बढी भएको विद्युतलाई अन्तरदेशीय विद्युत व्यापार मार्फत मुद्रा आर्जन गर्ने कार्य गर्न थालनी गरेका छौं। विद्युत विकासका ३ वटै क्षेत्रमा गुणात्मक विकास गर्नका लागि यो प्रशारण लाइनको निर्माण र संचालन एक महत्त्वपूर्ण कदम हो। आगामी दिनमा अझ गुणात्मक रूपमा उत्पादन, प्रशारण र वितरणका कामहरू अघि बढ्नेछन।’

बुढीगण्डकीको कार्यालय स्थापना र कामको प्रारम्भ तथा चिसापानी जलविद्युत परियोजनाको अध्ययनको प्रक्रिया अघि बढाएको बताउँदै यसले नेपालको उर्जाको क्षेत्रमा गुणात्मक फड्को मार्ने पनि उनले बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले बुढी गण्डकी र कर्णाली चिसापानी (जो मिराकल प्रोजेक्ट हुन) बुढीगण्डकीको कार्यालय स्थापना र कामको प्रारम्भ तथा चिसापानी जलविद्युत परियोजनाको अध्ययनको प्रक्रिया अघि बढाएका छौं। यसले नेपाललाई उर्जाको क्षेत्रमा गुणात्मक रूपमा अर्को ठाउँमा पुर्याउने छ। यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको छ।’

उनले अन्तरदेशिय ट्रान्मिस्सन लाईन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे। बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउँदै आसन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको पनि बताए। 

प्रधानमन्त्रीले भने, ‘हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ।भारत र बङ्गलादेशसँगको विद्युत व्यापार सम्झौता पछि हामीले उत्तरी छिमेकी चीनसङ्ग पनि आसन्न भ्रमणमा विद्युत् व्यापारको समझदारी बनाउदै छौं।’

आफूहरूको जोड बढिभन्दा बढि स्वदेशमा विद्युत खपत गरी जनताको जीवनस्तर उकास्ने तर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट प्रधानमन्त्रीले पारे। 

उनले विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिईनुपर्ने बताए। विगतको मन्दताभन्दा अहिले उत्पादनमा तीब्रता आएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो।

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको हो।

सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो। यसको कूल लागत एक अर्ब ५२ करोड छ।

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ। ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ।

हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो। मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ।

प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर(बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .