राजनीति


कांग्रेस नेताले भनेः उपसभामुख माग्दै नेकपासँग कटौरा थाप्नु मनासिव होइन

कांग्रेस नेताले भनेः उपसभामुख माग्दै  नेकपासँग कटौरा थाप्नु मनासिव होइन

नेपालखबर
माघ ७, २०७६ मंगलबार ११:३५,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले सभामुख सत्ता र प्रतिपक्ष दुवैको नहुने बताएका छन्।

उपसभामुखका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको समचार सार्वजनिक भएपछि नेता गुरुङले उपसभामुखका लागि नेकपासँग कटौरा थाप्नु मनासिव नभएको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

‘संविधान बमोजिम सभामुख÷उपसभामुख फरक दल तथा फरक लिंगको हुनुपर्छ। सभामुख÷उपसभामुख सत्तापक्ष र प्रतिपक्षको हुँदैन भन्ने मान्यता पनि छ’, गुरुङले ट्विटमा लेखेका छन्, ‘तर, यतिखेर उपसभामुख पदका लागि कटौरा थाप्नु मनासिव हो जस्तो लाग्दैन। शीर्ष नेतृत्वको जो मर्जी!’

उपसभामुखमा आकांक्षा राख्दै कांग्रेसले सभामुखमा उम्मेदवारी समेत दिएको छैन। सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad