समाज


पोस्टमार्टमपछि पर्यटकको शव भारत लगिने

पोस्टमार्टमपछि पर्यटकको शव भारत लगिने

नेपालखबर
माघ ७, २०७६ मंगलबार ११:१७,

दामनमा मृत्यु भएका ८ भारतीय नागरिकको शव पोस्टमार्टमपछि बुधबार केरला फर्काइने जनाइएको छ।

मृत्यु भएकाको परिवारलाई सहयोग उपलब्ध गराउन केरलाका मुख्यमन्त्रीले भारतीय विदेश मन्त्रालयसँग आग्रह पनि गरेका छन्।

मुख्यमन्त्री पिनरायी विजयनले विदेशमन्त्री एस जयशंकरलार्य पत्र पठाउँदै ती व्यक्तिका परिवारलाई सहयोगका लागि आग्रह गरेका हुन्।

विदेशमन्त्री जयशंकरले आवश्यक सहयोगको व्यवस्था गरिएको ट्विटरमार्फत जानकारी दिएका छन्। नेपालस्थित भारतीय दूतावासले यसबारे कार्य गरिरहेको र अस्पतालमा सहयोगका लागि दूतावासका कर्मचारी खटाइएको पनि उनले बताएका छन्।

दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा सुतेका ८ भारतीय पर्यटकको मंगलबार मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad