राजनीति


संसद् नचलेको दिन भत्ता नलिने प्रक्रिया अघि नबढे हिसाब गरेर सरकारको ढुकुटीमा फर्काउँछौं : रवि लामिछाने

संसद् नचलेको दिन भत्ता नलिने प्रक्रिया अघि नबढे हिसाब गरेर सरकारको ढुकुटीमा फर्काउँछौं : रवि लामिछाने

नेपालखबर
साउन २७, २०८० शनिबार १७:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसद् नचलेको दिनको भत्ता नलिने आफ्नो पार्टीको निर्णयको पत्र दर्ता नभए हिसाब गरेर सरकारको ढुकुटीमा फिर्ता गर्ने बताएका छन्। 

शनिबार पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनमा बोल्दै सभापति लामिछानेले जनताको पसिनाबाट आएको करको पैसा काम नगरी नलिने बताएका हुन्। 

‘हामीले हिजोमात्रै एउटा निर्णय गरेका छौं, संसद् चलेको छैन भने हामीले त्यसको भत्ता लिँदैनौं। किनकी नेपाली जनताको पसिनाबाट आएको करको पैसा हो, त्यो कामै नगरी खान मिल्दैन भनेर हिजोमात्रै पत्र दर्ता गराएका छौं,’ सभापति लामिछानेले भने, ‘यो प्रक्रिया अघि बढेन भने हामी आफैं हिसाब गरेर सरकारको ढुकुटीमा दाखिल गर्छौं। किनकी त्यो भनेको नेपाली जनताको ढुकुटी हो।’

आफ्ना पार्टीका सांसदहरू कसैसँग पनि डराउनुपर्ने अवस्थामा नरहेको उनले दाबी गरे। 

‘हामी काम नगरी पैसा लिँदैनौं। हामी कसैसँग डराउनुपर्ने अवस्था छैन। घरि उसको घरि उसको पछि लाग्नुपर्ने अवस्था छैन। हामीले कसैको केही खाएका छैनौं,’ सभापति लामिछानेले भने।

अधिवेशनमा सहभागी हुन पुगेकालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपामा लागेपछि केही पाइन्छ भनेर मुख नमिठ्याउन समेत सचेत गराएका छन्। 

‘हाम्रो पार्टीमा लाग्नुभएका साथिहरु विभिन्न राजनीतिक दलबाट आउनुभएको छ। यो दलमा लागेपछि केही पाइन्छ भनेर मुख मिठ्याउनुभएको छ भने त्यो तपाईंको सपना मात्रै हो,’ सभापति लामिछानेले भने, ‘यो पार्टीबाट त्यो सम्भव छैन। भोलि हामीले सरकार बनाउँदा यो नभन्नू होला कि तपाईं आउँदा मैले यो गरेको थिएँ, चुनावमा यो गरेको थिएँ, यो पद भनेर नआउनुहोला।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad