राजनीति


पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती

पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती

नेपालखबर
साउन २७, २०८० शनिबार १७:५१, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताएका छन्।

भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौंद्वारा आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका सङ्घ–संस्थाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिए।

सरकारले पर्यटनको विकास गरी सर्वसाधरण जनताको आर्थिक हित कायम राख्न र पर्यटकीय लाभ अभिवृद्धि एवं पर्यटकलाई अत्यावश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले २०३५ सालमा पर्यटन ऐन ल्याएको थियो।

यस क्षेत्रका विज्ञ एवं जानकारहरुले पुरानो पर्यटन ऐनका कारण पर्यटन क्षेत्रको विकास प्रभावकारी हुन नसकेको गुनासो गर्दै आएका छन्।

पर्यटन मन्त्रालयले पनि विभिन्न समयमा पर्यटन ऐनको मस्यौदा तयार गरेर चरणबद्ध छलफल गर्दै आएको थियो।

पर्यटनमन्त्री किरातीले विज्ञ सरोकारवालाको राय सुझाव लिएर पर्यटन ऐन बनाईने उल्लेख गरे। ‘पर्यटन क्षेत्रको समयसापेक्ष विकासका लागि पर्यटन ऐन बनाउँदैछौँ, आइतबारदेखि एक महिने सुझाव लिएर पर्यटन ऐन बनाउनेतिर लाग्छु,’ उनले भने।

पर्यटनमन्त्री किरातीले देशको विद्यमान विकासको ढाँचा परिवर्तन नगरेसम्म मुलुकको सन्तुलित विकास नहुने बताए। 

उनले प्राकृतिक र सांस्कृतिक रुपमा समृद्ध रहेको भोजपुरको इतिहास र समग्र विकासलाई केन्द्रबिन्दुमा राखेर विकासको ढाँचा बनाइनुपर्ने तथा त्यसलाई देश विकासको नयाँ ढाँचाको रुपमा स्थापित गर्नसकिने दाबी गरे। 

भोजपुरको टक्सारको संरक्षण, सांस्कृतिक गाउँ, सङ्ग्रहालयको अवधारणा अघि सारिएको र यसका लागि सबैको सहयोग तथा सहकार्य चाहिने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad