ad ad

राजनीति


भुटानी शरणार्थी प्रकरण : गृहमन्त्री भन्छन्- कसैलाई लागेको आधारमा कारबाही हुँदैन

भुटानी शरणार्थी प्रकरण : गृहमन्त्री भन्छन्- कसैलाई लागेको आधारमा कारबाही हुँदैन

नेपालखबर
साउन २३, २०८० मंगलबार १८:१८, काठमाडौँ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई लागेको आधारमा कारबाही गर्न नसकिने बताएका छन्। 

मंगलबार बसेको प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले सरकारले निरपेक्ष भएर दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउने दाबी गरे। 

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अध्ययन, अनुसन्धान र तथ्य प्रमाणले जहाँसम्म जान सकिन्छ त्यहाँसम्म जाने। निरपेक्ष भएर दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउने,’ गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसो गर्दा हामीमध्ये कतिलाई लाग्या होला पनि नहोला पनि फलाना पनि त्यसमा संलग्न हुनुपर्ने हो, त्यहाँसम्म त पुगेन भन्ने लाग्न सक्छ।’

उनले तथ्य प्रमाणको आधारमा मात्रै कारबाही हुने पनि बताए। 

‘सरकार र अनुसन्धान संयन्त्रले लागेको आधारमा कारबाही गर्न मिल्दैन, तथ्य प्रमाणको आधारमा गर्न मिल्छ र गर्नुपर्छ,’ गृहमन्त्री श्रेष्ठले भने।

तथ्य प्रमाणले जहाँसम्म दोषी फेला पार्छ त्यसलाई कानुनको दायरामा ल्याउने प्रक्रियामा सरकार र अनुसन्धान प्रक्रिया अघि बढेको उनले सदनलाई जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .