ad ad

राजनीति


भेपमा सुन प्रकरण : माओवादीकै नेता संलग्न भएपनि नछाड्ने गृहमन्त्रीको दाबी

भेपमा सुन प्रकरण : माओवादीकै नेता संलग्न भएपनि नछाड्ने गृहमन्त्रीको दाबी

नेपालखबर
साउन २३, २०८० मंगलबार १८:२६, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थलबाट केही महिनाअघि भेपमा लुकाएर ल्याइएको ९ केजी सुन प्रकरणमा माओवादी केन्द्रकै नेताहरूको संलग्नता भएपनि नछाड्ने प्रतिवद्धता जनाएका छन्। 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सो दाबी गरेका हुन्।।

‘माओवादी वा कुनै पार्टी होस् अनुसन्धानले दोषी देखाउँछन् भने कोही छुट्नेवाला छैनन्। अनुसन्धान र तथ्य प्रमाणले दोषी देखाउँछ भने कोही उम्कन पाउँदैन,’ गृहमन्त्री श्रेष्ठले भने। 

आजकै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले सत्तारुढ दलकै नेताहरूको उक्त प्रकरणमा संलग्नता रहेको बताउँदै गृहमन्त्रीको जवाफ माग गरेका थिए। 

‘त्यो भेपको फाइल त गृहमन्त्रीको टेबुलमा छ नि भन्नुभयो। पहिला सरकार चलाउँदा त्यसो गरिन्थ्यो र भन्या?,’ उक्त प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भने, ‘सीआईबीले गरेको अनुसन्धान पहिला मेरो टेबुलमा ल्याइज, अनि मैले भनेको गर भन्ने गरेको थियो र? हामी त्यो गर्दैनौं।’

उक्त प्रकरणमा सीआईबीलाई अनुसन्धानको जिम्मा दिइएको र तथ्य प्रमाणको आधारमा कारबाही हुने उनले बताए। 

‘हामीले सीआईबीलाई तपाईंहरु अनुसन्धान गर्नुस् अनुसन्धानको आधारमा जे तथ्य प्रमाणले देखाउँछ त्यसको आधारमा अघि बढ्नुस्। को मान्छेलाई समाउने, को मान्छेलाई छुट दिने भन्ने हामीले गर्न सक्दैनौं, हामी कानुनको प्रक्रियामा जान्छौं। तथ्य प्रमाणको आधारमा अनुसन्धान गर्न दिन्छौं र अघि बढ्छौं,’ उनले भने।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबु छोराले चिनियाँ तस्करसँग साँठगाँठ गरी भेपमार्फत् सुन भित्र्याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .