ad ad

राजनीति


ललिता निवासमा सर्वोच्चले थप अनुसन्धानको बाटो खोल्यो, कोही छुट्नेवाला छैनन् : गृहमन्त्री

ललिता निवासमा सर्वोच्चले थप अनुसन्धानको बाटो खोल्यो, कोही छुट्नेवाला छैनन् : गृहमन्त्री

संसद्‍मा जवाफ दिँदै गृहमन्त्री श्रेष्ठ। तस्बिर : नेपालखबर


नेपालखबर
साउन २३, २०८० मंगलबार १८:९, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आइतबार दिएको आदेशले अनुसन्धानका लागि थप बाटो खोलिदिएको बताएका छन्। 

मंगलबार सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यो प्रकरणमा अनुसन्धान र प्रमाणले भेटेसम्म कसैलाई नछाडिने पनि बताएका छन्।

‘ललिता निवास प्रकरणमा पनि सर्वोच्च अदालतको आदेशले थप अनुसन्धानका लागि बाटो खोलिदिएको छ’, उनले भने, ‘अहिले यो प्रकरणमा नेपाल प्रहरी अनुसन्धानको प्रक्रियामा छ। अनुसन्धानलाई अघि बढाउन थप आधार दियो।
तथ्य र प्रमाणका आधारमा यसलाई निष्कर्षमा पुर्‍याउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई  स्ट्यान्ड बाई निर्देशन दिएका छौँ।’

उनले अनुसन्धानका आधारमा जे तथ्य प्रमाण भेटिन्छन् त्यसका आधारमा कारबाही गर्न सीआईबीलाई भनिएको पनि बताए। 

‘को मान्छे तान्ने, अनुसन्धानमा ल्याउने काम सीआईबीको हो’, उनले भने, ‘माओवादी वा कुनै पार्टी होस् अनुसन्धानले, तथ्य प्रमाणले दोषी देखाउँछ भने कोही छुट्नेवाला छैनन्।’ 

ललिता निवास र साउन ३ मा बरामद १०० केजी सुन प्रकरणमा संलग्न कोही नछुट्ने र कोही नउम्किने पनि उनले विश्वास दिलाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .