राजनीति


सरकारले जनताको पक्षमा काम गर्न सकेन : नैनसिंह महर

सरकारले जनताको पक्षमा काम गर्न सकेन : नैनसिंह महर

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८० शनिबार १८:४५, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियान अन्तर्गत धनुषामा खटिएका केन्द्रीय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भिर नरहेको आरोप लगाए। 

जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै महरले गठबन्धनको साझा अवधारणा अनुरुप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए। महरले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको बताए। 

उनले सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दवाब दिनु आवश्यक रहेको पनि बताए।

‘देशमा डेंगुको प्रकोप छ, किसानले मल पाएका छै्रनन, खडेरीले किसान थप मारमा परेका छन्,’ उनले भने, ‘सरकार यी समस्याहरु समाधान गर्न पहल त गरिरहेका छैनन् त्यसमाथि सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ।’

फरक प्रसंगमा महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा काँग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad