राजनीति


महराको बचाउ गर्दै सापकोटाले भने- पत्रिकामा आउनेबित्तिकै पक्रने भए देश नै जेल बन्छ

महराको बचाउ गर्दै सापकोटाले भने- पत्रिकामा आउनेबित्तिकै पक्रने भए देश नै जेल बन्छ

नेपालखबर
साउन २०, २०८० शनिबार १८:५६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको बचाउ गर्दै पत्रिकामा आएको समाचारकै भरमा पक्राउ गर्न नसकिने बताएका छन्। 

शनिबार पार्टी केन्द्रीय समितिको बैठकस्थल परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उजुरी परेर पनि पक्राउ नभएको भए सरकारको कमजोरी हुने बताए।

‘जहाँसम्म उपाध्यक्षको कुरा छ,  पत्रिकामा आउनेबित्तिकै सबैलाई पक्रने हो भने त अब नेपाल नै जेल हुने खतरा हुन्छ। फेरि बैठकमा सुशासनका बारेमा महत्वपूर्ण ढंगले छलफल गरेका छौं,’ सापकोटाले भने, ‘उजुरी नै परेर पक्राउ नगरेको भए सरकारको कमजोरी हुन्थ्यो, एउटा पत्रिकाले ब्यानर न्युज बनाउने हो भन्दा नेपाल देश नै हिरासत हुने खतरा हुन्छ।’

साथै, उनले पार्टीका नेताहरूको सम्पत्ति विवरण वर्षैपिच्छे अद्यावधिक हुनुपर्ने पनि बताए। 

‘नेताहरुको जीवनशैली र आम्दानीको स्रोत के हुन? हामी कसरी जीवन निर्वाह गरिरहेका छौं, वार्षिक रुपमा आफ्नो सम्पत्ति विवरण अद्यावधिक गर्ने कुरा छलफल गरिरहेका छौं,’ उनले भने, ‘यसलाई अझै पारदर्शी र प्रभावकारी बनाउने विषयमा कुरा उठेका छन्, सम्भवतः भोलि जवाफ दिने क्रममा अध्यक्षले संश्लेषण र निर्देशन गर्नुहुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad