उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन्।
सोमबार (आज) दिउँसो १ बजेका लागि बोलाइएको बैठक अगावै उससभामुखले राजीनामा दिने उनी निकट स्रोतले जनाएको छ।
‘उहाँले संसद बैठक अगाडि नै राजीनामा दिनुहुन्छ’, उपसभामुख तुम्बाहाङ्फे निकट स्रोतले नेपालखबरलाई भन्यो, ‘त्यसपछि सभामुख चयनको दिशामा संसदको काम कारबाही अगाडि बढ्छ।’
आइतबार नेकपाका अध्यक्षद्वयले प्रतिनिधि सभाको रिक्त सभामुखका लागि सांसद अग्नि सापकोटालाई उम्मेदवार बनाउने सहमति भएको थियो। आइतबारै बसेको पार्टी सचिवालय बैठकले पनि सापकोटालाई उम्मेवार बनाउने निर्णय गरेको थियो।
उपसभामुख भएर काम गरेको आधारमा आफूले नै सभामुख पाउनुपर्ने दावी गर्दै तुम्बाहाम्फेले पार्टी निर्णयलाई समेत चुनौती दिँदै राजीनामा दिएकी थिइनन्। यसअघि सचिवालय बैठकले उनलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो।
उपसभामुख तुम्बाहाङ्फेले अहिले केही बेरमा पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया