राजनीति


एक महिनादेखि अवरुद्ध संसद् बैठक सुरु हुँदै, सभामुख निर्वाचन मिति तोकिने

एक महिनादेखि अवरुद्ध संसद् बैठक सुरु हुँदै, सभामुख निर्वाचन मिति तोकिने

नेपालखबर
माघ ६, २०७६ सोमबार ४:५५,

सभामुख कसलाई बनाउने भन्नेबारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच भइरहेको खिचातानीकै कारण गत पुस ४ गतेदेखि रोकिएको संसद् बैठक आज (सोमबार) सुरु गर्ने तयारी गरिएको छ।

लामो रस्साकस्सीपछि आइतबार दुई अध्यक्षबीच नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमति भएसँगै अवरुद्ध संसद् बैठक सञ्चालन गर्ने बाटो खुलेको हो।

त्यसलगत्तै बसेको नेकपा सचिवालय बैठकले नेता सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेपछि आज दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको हो।

तर त्यसअघि नै उपसभामुख शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिनुपर्नेछ। यस विषयमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले तुम्बाहाङफेलाई आइतबारै जानकारी गराइसकेका छन्।

शिवमायालाई राजीनामा गराउने विषयमा साेमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच छलफल भएकाे स्रोतले जानकारी दिएको छ।

तुम्बाहाङ्फेले राजीनामा दिएपछि संसद्का ज्येष्ठ सदस्य महन्थ ठाकुरमार्फत सभा सञ्चालन गर्ने तयारी छ। बैठकको अध्यक्षता गर्नका लागि तयारी अवस्थामा रहन संसद् सचिवालयले खबर गरिसकेको छ । बैठकले सभामुख निर्वाचनको मिति तोक्नेछ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad