कोशी प्रदेश सरकार गठन विरुद्धको रिटमा बिहीबार बहस सकिएको छ।
त्यससम्बन्धी फैसला आजै आउने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस भएको हो।
यसअघि तीन दिन भएको बहस नटुंगिएकाले आजका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।
सोमबार न्यायाधीश सुष्मातला माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको थियो।
कोशी प्रदेश गठन विरुद्धको रिट ‘हेर्दाहेर्दै’
93
Shares
प्रतिक्रिया