राजनीति


मधेशमा आज बलिदानी दिवस : प्रदेश २ मा सार्वजनिक विदा

मधेशमा आज बलिदानी दिवस : प्रदेश २ मा सार्वजनिक विदा

नेपालखबर
माघ ५, २०७६ आइतबार ३:२५,

प्रदेश २ सरकारले आज (आइतबार) प्रदेश २ मा सार्वजनिक विदा दिएको छ।

मधेश आन्दोलनका सहिदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले गरेको हो।

प्रदेश सरकारले यसपटक वीरगञ्जमा बलिदानी दिवस मनाउने निर्णय गरेको छ।

आइतबार वीरगञ्जमा मनाइने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मुख्यमन्त्री, मन्त्री, मधेशवादी दलका नेताहरु, सहिद परिवार, मधेश आन्दोलनका घाइते, नागरिक समाज लगायतको उपस्थिति रहने छ।

मधेशवादी दलले प्रत्येक वर्ष माघ ५ गते मधेशका सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad