निजी क्षेत्रको आन्तरिक उडानको वायुसेवा कम्पनी श्री एयरलाइन्सले दुई हजार रुपैयाँमै काठमाडौंबाट जनकपुर सीधा उडान गर्ने भएको छ।
आगामी सोमबारदेखि यो गन्तव्यमा नियमित उडान गर्ने जानकारी श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले दिए।
उनका अनुसार यसअघि माघ १ गतेदेखि नै उडान गर्ने गरी तयारी भए पनि ट्राभल एजेन्सीमार्फत बुकिङ हुने टिकटलाई समय नपुगेका कारण सोमबारदेखि उडान गर्ने निर्णय भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
जनकपुरमा काठमाडौंबाट दैनिक मध्यान्ह १२ बजे जाने र साढे एक बजे फर्कने भएको गरी यो वायुसेवाले उडान तालिका बनाएको छ।
श्री एयरलाइन्सले ८० सिट क्षमतको क्यू ४०० नामक ८० सिट क्षमताको जहाजबाट जनकपुर उडान गर्न लागेको हो।
यो वायुसेवाको उडान पछि अन्य वायुसेवाले पनि भाडादरमा प्रतिस्पर्धा गर्ने भएका छन्। वायुसेवा कम्पनीको उडान गन्तव्य विस्तार र मूल्यमा हुने प्रतिस्पर्धाले उपभोक्ताले सस्तोमै सेवा पाउँछन्।
यस्तै यो वायुसेवाले काठमाडौंबाट सीमरामा पनि उडान गर्ने गरी अनुमति पाइसकेको छ।
पोखरामा पनि उडान अनुमति पाउने तयारीमा रहेकाले सीमरा भने केही समयपछि उडान गर्ने गरी यो वायुसेवाले योजना बनाइरहेको उल्लेख छ। श्रीले हाल ८० सिट क्षमताको क्यू ४०० बाट हाल विराटनगर, नेपालगन्ज र धनगढीमा दैनिक १-१ उडान गर्दै आएको छ।
यो वायुसेवासँग ८० सिट क्षमताका दुईवटा, सीआरजे २०० नाम ५० सिट क्षमतका दुई वटा र सीआरजे ७०० नाम ७८ सिट क्षमताका अर्को दुई गरी यो वायुसेवासँग जम्मा ६ वटा जहाज छन्।
Shares

प्रतिक्रिया