काभ्रेको नमोबुद्ध नगरपालिका-९ का वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ।
दाप्चा छत्रेबाँझ घर भएको सत्यालको घर नजिकैको कोइरालोको रुखबाट लडेर मृत्यु भएको हो।
रुख चढेर घाँस झार्ने क्रममा उनी खसेर घाइते भएका थिए। घाइते ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा शनिबार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए।
उनी लामो समयदेखि वडासचिवका रुपमा कार्यरत थिए।

प्रतिक्रिया