राजनीति


बीपीको साहित्यलाई छपाएर गाउँगाउँसम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री डा महत

बीपीको साहित्यलाई छपाएर गाउँगाउँसम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री डा महत

नेपालखबर
साउन ६, २०८० शनिबार १४:२८, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन्। 

बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीले बीपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पुर्‍याउनुपर्ने उल्लेख गरे। 

‘थोरै साक्षरतादर भएको समयमा बीपी कोइरालाले साहित्य सिर्जना गर्नुभएको थियो, त्यसलाई छपाएर गाउँगाउँमा लैजान सके युवा पुस्ताले बीपीको साहित्यबाट  प्रेरणा लिन सक्थे’, उनले भने। अर्थमन्त्री डा. महतले पार्टीभित्र एक अर्काप्रति गालीगलौजको संस्कार विकसित भएको उल्लेख गर्दै उक्त संस्कारले पार्टी अगाडि बढ्न नसक्ने धारणा राखे।

पार्टी प्रवक्ता समेत रहेका डा महतले कांग्रेसले गरेका राम्रा कामलाई आमजनतासम्म पु¥याउन नसकेको बताए। 

‘प्रजातान्त्रिक समाजवादको लक्ष्य लिएर अगाडि बढ्नुभएका बीपी लोकतान्त्रिक मूल्यमान्यताका आधारमा समतामूलक समाज निर्माण हुने कल्पनाका साथ अगाडि बढ्नुभएको थियो’, उनले भने।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ का क्षेत्रीय सभापति श्याम खड्का र टोखा नगरपालिका वडा नं ६ की अध्यक्ष शान्ता खनाल पौडेलले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवर्द्धक बीपी राष्ट्रवादी राजनेता भएको बताए। 

बीपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसर पारेर आजै वृक्षरोपणसमेत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad