राजनीति


बीपी प्रधानमन्त्री हुँदा गरेका काम आजसम्म कसैले गर्न सकेको छैन : पौडेल

बीपी प्रधानमन्त्री हुँदा गरेका काम आजसम्म कसैले गर्न सकेको छैन : पौडेल

नेपालखबर
साउन ६, २०८० शनिबार १४:५८, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बीपी कोइराला प्रधानमन्त्री भएर १७ महिनामा गरेका काम आजसम्म कुनै पनि सरकारले गर्न नसकेको बताएका छन्।

बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले सो कुरा बताएका हुन्।

‘आर्थिक दृष्टिकोणविना राजनीति अगाडि बढ्न सक्दैन भन्ने बीपीको विचार थियो, बीपी कोइरालाको सरकारलाई अपदस्थ नगरेको भए नेपालको धेरै आर्थिक उन्नति गथ्र्यो’, उनले भने।

प्रतिनिधिसभा सांसद समेत रहेका पौडेलले बीपी प्रधानमन्त्री भएका बेलामा छ हजार विद्यालय र विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिएको बताए।

कांग्रेसले बनाउने नीति, योजना र कार्यक्रमलाई बीपी कोइरालासँग जोड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने उनले बताए। 

बीपी आफ्नो लक्ष्यमा प्रष्ट भएको उनको भनाइ थियो। अठतीस  राजद्रोहको मुद्दा हुँदाहुँदै नेपाल फर्किएका बीपी कोइराला देशको सच्चा नेता भएको नेता पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad