ad ad

राजनीति


विवाद समाधान गर्न ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता

विवाद समाधान गर्न ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता

नेपालखबर
माघ २, २०७६ बिहिबार ७:३९,

पाँच दिनको संवादहीनतापछि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच डेढ घण्टादेखि छलफल भइरहेको छ।

प्रचण्डको सचिवालयका अनुसार ओलीले प्रचण्डलाई बोलाएपछि उनी बिहीबार दिउँसो बालुवाटार पुगेका थिए।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई आइतबार बालुवाटारमा बोलाएर दुई अध्यक्षले राजीनामा दिन आग्रह गरेका थिए। तर, सो आग्रहलाई उपसभामुखले अस्वीकार गरेपछि प्रचण्ड बालुवाटार गएका थिएनन्।

पछिल्लो समय सभामुख चयन, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र ओलीबाहेकका नेतासँग प्रचण्डले छुट्टै भेला गरेपछि दुई शीर्ष नेताबीच मतभेद देखिएको थियो।

शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो। आफू अनुपस्थित

बैठकले उपसभामुखलाई राजीनामा गर्न लगाएको भन्दै ओली प्रचण्डको निर्णयप्रति असन्तुष्ट थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .