ad ad

अटो


अस्ट्रेलियन ब्रान्डका विद्युतीय गाडी नेपालमै उत्पादन गरिने

अस्ट्रेलियन ब्रान्डका विद्युतीय गाडी नेपालमै उत्पादन गरिने

नेपालखबर
माघ २, २०७६ बिहिबार ७:४२,

हिमालयन अर्गनाइजेसनले ब्राइसन ब्रान्डका विद्युतीय गाडी नेपालमै उत्पादन गर्ने घोषणा गरेको छ। अष्ट्रेलियन प्रविधिमा आधारित ब्राइसन ब्राण्डका गाडी आगामी २०२५ सम्ममा नेपालमै उत्पादन गर्ने हिमालयन अर्गनाइजेसनअन्तर्गतको हिमालय मोटरक्सका प्रबन्धनिर्देशक ध्रुव थापाले बताएका हुन्।

‘सन् २०२५ भित्र ब्राइसनका इलेक्ट्रिक बस, माइक्रो बस र कार उत्पादन नेपालमै गर्ने प्रक्रिया अघि बढाएका छौं’, थापाले नेपालखबरसँग भने, ‘हिमालय मोटरक्सको ७५ प्रतिशत सेयर र २५ प्रतिशत मातृकम्पनीकै लगानी हुने गरी उत्पादन गर्ने योजना बनाएका छौं।’

थापाले सुरुमा भारतमा उत्पादित विद्युतीय बस नेपाल ल्याउने र दोस्रो चरणमा नेपालमै उत्पादन गर्ने योजना बनाएको नेपालखबरलाई जानकारी दिए।

उनले प्लान्ट बनाउनको लागि धेरै जग्गा आवश्यक पर्ने भन्दै सरकारले जग्गाको लागि सहयोग गर्नुपर्ने बताए।

‘प्लान्ट स्थापनाको लागि जग्गामा सहुलियत मागिरहेका छौँ। सरकारले लिजमा भए पनि ठाउँ उपलब्ध गराउनुपर्छ’, उनले भने।

याे पनि
हिमालय मोटरक्सले विद्युतीय बस ल्याउँदै

बुधबार काठमाडौंमा भएको कार्यक्रममा ब्राइसन इन्डियाका इन्जिनियर फिरोज खानले पनि नेपालमा आफ्नै प्लन्ट स्थापना हुने दाबी गरेका थिए। उनले हाल नेपाली बजारमा पनि भारतमा बनेका इलेक्ट्रिक बस र माइक्रोबस बिक्रीवितरण हुने बताए। भारतमा प्लान्ट स्थापना हुँदै छ। आगामी मेदेखि भारतमा ठूला तथा माइक्रो बस उत्पादन हुने बताएका छन्।

भारतमा केही वर्षपछि मात्रै उत्पादन विद्युतीय कार उत्पादन हुने बताएका छन्। ब्राइसन कम्पनीले सन् २०१५ मा एकपटकको फुल चार्जमा १०१८ किलोमिटर बस चलाएर विश्व कीर्तिमान बनाएको थियो ।

अष्ट्रेलियन प्रविधिमा तयार भएका यी बसमा प्रयोग भएको ब्याट्रीमा २० वर्षको ग्यारेन्टी प्रदान गरिने हिमालय मोटरक्सले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .