राजनीति


भारत अस्थिरता होइन स्थिरता निम्त्याउने शक्ति होः एस जयशंकर

भारत अस्थिरता होइन स्थिरता निम्त्याउने शक्ति होः एस जयशंकर

नेपालखबर
माघ २, २०७६ बिहिबार ७:२०,

उनले बुधबार आफ्नो देश अस्थिरता निमत्याउने शक्ति नभएर विश्वव्यापी कानून पालन गर्ने परामर्शदाता र एक स्थिर शक्ति भएको बताए।

दिल्लीमा आयोजित वैश्विक बहुपक्षीय सम्मेलन ‘राइसिना डाइलग २०२०’ मा बोल्दै जयशंकरले भने,‘अस्थिरता निम्त्याउने समूहरु विश्वमै पहिल्यैदेखि छन् हामी चाहिँ स्थिर शक्ति हौं।’

सो क्रममा जयशंकरले भारतको नीति आफूमा मात्र केन्द्रित नभएर विश्व व्यापार, आयात तथा निर्यातमा भएको बताए। उनले भारतले विश्वव्यापी कानूनको पालना गर्दै परामर्शदाताको भूमिका खेल्ने बताए।

भारत विश्वमा एक ब्राण्ड बन्ने बताउँदै उनले भने,‘भारत ब्राण्ड बन्नेछ। मौलिक परम्परा, संस्कृति, आयुर्वेदिक प्रणालीको आधारमा भारत ब्राण्ड बन्नेछ।’

सो क्रममा उनले अमेरिका र इरानबीचको तनाव चाँडै कम हुने विश्वास व्यक्त गरेका थिए। टाइम्स नाउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad