प्रतिनिधि सभा सदस्य अब्दुल खानले प्रादेशिक पहिचानसहितको नेपाली नागरिकता दिन माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य खानले यस्तो माग गरेका हुन्।
देश संघीय संरचनामा गइसकेको उल्लेख गर्दै उनले प्रादेशिक पहिचानबिनाको नागरिकता अधुरो हुने बताए।
‘नेपालको संविधानको धारा १० को उपधारा २ मा स्पष्ट लेखिएको छ, नेपालमा प्रादेशिक पहिचानसहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ। यसरी संविधानले नै प्रादेशिक पहिचानसहितको नागरिकताको स्पष्ट
व्यवस्था गरिसक्दा हालमा जिल्ला प्रशासन कार्यालयहरुले वितरण गरिरहेको नागरिकतामा प्रदेश किन खुलाइएको छैन?’, उनले भने, ‘देश संघीयता र नयाँ संरचनामा गएको ८ वर्ष भइसक्यो। यस अवस्थामा कुनै ठेगानाबिना प्रदेशको अधुरो हुन्छ।’
उनले नागरिकतामा प्रदेश किन उल्लेख हुँदैन भनेर प्रश्न गरे। प्रदेश उल्लेख गरेर नागरिकता प्रदान गर्न पनि उनले माग गरे।
खाँणले जन्मसिद्ध नागरिकको सन्तानले नागरिकता प्राप्त गर्न माग गर्ने कागजपत्र धेरै र झन्झटिलो भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
कागजपत्रको झन्झटले गरिब र निरक्षर नागरिक नागरिकताबाट विमुख हुनुपर्ने अवस्था रहेको उनले बताए।
Shares

प्रतिक्रिया