चेल्सीका डिफेन्डर कालिडो कोउलीवाली साउदी अरब जाने पछिल्ला खेलाडी बनेका छन्।
कोउलीबाली फ्रि एजेन्टमा साउदी क्लब अल हिलाल पुगेका छन्। साउदीसँगको सम्झौता रकम भने सार्वजनिक गरिएको छैन। तर कोउलीबालीका लागि चेल्सीलाई २० मिलियन पाउण्ड तिरेको अनुमान गरिएको छ।
कोउलीवाली गत जुलाइमा नापोलीबाट चेल्सीमा चार वर्षको सम्झौतामा आएका थिए। २०२० मा नापोलीलाई इटालियन कप र २०२२ मा सेनेगलले अफ्रिका कप अफ नेसन्स जित्न महत्वपूर्ण भूमिका खेलेका थिए। युरोपियन र अन्तर्राष्ट्रिय अनुभव बटुल्दै उनी स्ट्यामफोर्ड ब्रिजमा आएका थिए।
उनले क्लबका लागि सबै प्रतियोागितामा ३२ खेल खेले र प्रिमियर लिगका २३ खेलमा २ गोल गरे।
साउदीमा कोउलीबालीको आगमनले युरोपेली क्लबका खेलाडीको पछिल्लो प्रवृत्तिलाई पछ्याएको छ।
वुल्भ्सका ३२ वर्षीय सेन्टर ब्याक मिडफिल्डर रुवेन नेभ्स पनि साउदी प्रो लिगमा सामेल हुनेछन्।
यस्तै, चेल्सीका मिडफिल्डर एनगोलो कान्टे पनि साउदी च्याम्पियन अल इतिहादमा अनुबन्ध गर्न सहमत भएका छन्। उनीसँगै एडुआर्ड मेन्डी पनि अल–अहलीमा अनुबन्धको नजिक छन्।
Shares
प्रतिक्रिया