राजनीति


ओली र देउवालाई नदेखेपछि प्रचण्डले भने : मलाई नमिठो लाग्यो

ओली र देउवालाई नदेखेपछि प्रचण्डले भने : मलाई नमिठो लाग्यो

प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ २२, २०८० सोमबार ११:५३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत भ्रमणबारेमा सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा जवाफ दिइरहेका छन्।

आफूले चार दिने मैत्रीपूर्ण भ्रमण सकेर फर्किएको बताउँदै आफ्नो भ्रमण सफल भएको पनि बताए। उनले आफ्नो भ्रमण आगामी दिनमा द्विपक्षी विषयलाई बलियो बनाउने गरी भएको पनि उनले बताए।

उनले एमाले सचिव योगेश भट्टराईले बोलिसकेपछि संसद्मा सम्बोधन गरिरहँदा सत्ता गठबन्धनका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए।

यी दुवैजना नेतालाई संसद्मा नदेखेपछि प्रचण्डले आफूलाई नमिठो लागेको बताए। प्रधानमन्त्रीले जरुरी सार्वजनिक महत्वको विषयमा जवाफ दिँदा दुवै पक्षका नेता उपस्थित हुनुपर्नेमा संसदमा नदेखेको भन्दै उनले आफूलाई नमिठो लागेको बताएका हुन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad