राजनीति


सीमाबारे मैले कुरा राखेपछि मोदीजी पहिलो पटक स्पष्ट बोले : प्रधानमन्त्री

सीमाबारे मैले कुरा राखेपछि मोदीजी पहिलो पटक स्पष्ट बोले : प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार १२:५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि भारत भ्रमणका क्रममा आफूले प्रष्टताका साथ कुरा राखेको बताएका छन्।

जेठ १७ देखि १२ गतेसम्म भएको भारत भ्रमणबारे सोमबारको प्रतिनिधिसभाको बैठकमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

‘मैले भारत भ्रमणका क्रममा नरेन्द्र मोदीजीसँग सीमा समस्यासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भनेको छु’, उनले भने, ‘हाम्रो वार्तापछिको संयुक्त प्रेस मिटमा पनि मोदीजीले सीमा लगायत थाँती रहेका विषय समाधान गरिनेछ भन्नु भएको छ। मोदीजीले सीमाबारे लामो समयपछि स्पष्ट बोलेको यो पहिलो पटक हो।’ 

उनले नेपाल-भारतबीच रहेका सीमाबाहेक डुबान समस्यबारे पनि आफूले कुरा राखेको बताए। प्रचण्डले यही मनसुनअघि नै डुबान रोक्ने उपायबारे दुई देशका संयन्त्रले विकल्प खोज्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad