राजनीति


स्थायी राजधानी विवाद : प्रदेश ३ सभामा आज मतदान हुँदै

स्थायी राजधानी विवाद : प्रदेश ३ सभामा आज मतदान हुँदै

नेपालखबर
पुस २७, २०७६ आइतबार २:८,

प्रदेश ३ को स्थायी राजधानी र प्रदेश नामाकरणका लागि आज (आइतबार) मतदान हुँदै छ। विहान ९ वजेदेखि ११ बजेसम्म मतदान हुने कार्य तालिका छ।

प्रदेशको स्थायी राजधानीका लागि शनिबार दर्ता भएको प्रस्तावमाथि मतदान हुन लागेको हो। राजधानीको विषयमा दुईवटा प्रस्ताव प्रदेश सभामा दर्ता भएका छन्।

सत्तापक्ष र प्रतिपक्षले हेटौँडा र विवेकशील र साझा पार्टीले धुलिखेल राजधानी तोक्न छुट्टाछुट्टै प्रस्ताव दर्ता गरेका हुन्।

प्रदेश ३ को नामका लागि भने एउटै प्रस्ताव दर्ता भएको छ। नाम ‘बागमती’ मा सबैको सहमति जुटेको छ।

प्रदेश सभाको शनिबारको वैठकमा स्थायी राजधानीका हेटौँडा कायम गरियोस् भन्दै नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्ताव दर्ता गरेका छन्।

उनको प्रस्तावमा कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का रीना गुरुङले समर्थन गरेकी थिइन्।

विवेकशील नेपाली दलका रमेश पौड्यालले धुलिखेललाई स्थायी राजधानी कायम गरियोस भन्ने छुट्टै प्रस्ताव दर्ता गरेका छन्।

पौडेलको प्रस्तावमा साझा पार्टीका शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थन छ।

प्रदेश ३ को नामाकरण बागमती गरियोस् भन्ने कांग्रेस संसदीय दलका नेता बानियाँले गरेको प्रस्तावमाथि नेकपाका मुख्य सचेतक रामेश्वर फुयाल, विवेकशील नेपाली दलका पौड्याल, साझा पार्टीका शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गुरुङ समर्थक गरेका छन्।

प्रदेश सभामा नेकपा, काग्रेस, विवेकशील नेपाली दल, नेपाल मजदुर पार्टी, साझा पार्टी, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र गरी ११० सांसद् छन्।

प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रदेश सभामा नेकपा एक्लैसँग दुईतिहाइ बहुमत भएकाले प्रदेशको राजधानी हेटौँडा पारित हुने निश्चत प्रायः छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad