छापा खबर


माघेसंक्रान्तिलाई कन्दमुल पनि भारतकै भर

माघेसंक्रान्तिलाई कन्दमुल पनि भारतकै भर

नेपालखबर
पुस २७, २०७६ आइतबार २:२७,

माघेसंक्रान्तिमा उपयोग हुने कन्दमुलका लागि नेपालीले भारतकै भर पर्नुपरेको छ।

विशेष गरेर माघेसंक्रान्तिमा विभिन्न कन्दमुल खाने परम्परा छ। माघेसंक्रान्तिमा तरुल, सखरखण्ड, वन तरुललगायतका कन्दमुल खाने नेपाली परम्परा रहेको छ।

नेपाल कृषि प्रदान देश भए पनि यस्ता विभिन्न कन्दमुल नेपालमा पर्याप्त उत्पादन गर्न नसक्दा भारतकै भर पर्नुपरेको खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन्।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७–७७ को पाँच महिनामा मात्र भारतबाट ४७ लाख १४ हजार रुपैयाँ बराबरको सखरखण्ड आयात भएको छ।

कालीमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष भरत खतिवडाले सखरखण्ड नेपाली बजारको मागअनुसार उत्पादन नहुँदा व्यापारीहरूले बाध्य भएर आयात गर्नुपर्ने बताए।

स्वदेशमा पर्याप्त उत्पादन नहुँदा माघेसंक्रान्तिका लागि मात्र भारतबाट व्यापारीहरूले ५० टन सखरखण्ड आयात गर्ने गरेको खतिवडाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad