छापा खबर


अपराधी पत्ता लगाउने अत्याधुनिक प्रविधि जडान गर्दै प्रहरी

अपराधी पत्ता लगाउने अत्याधुनिक प्रविधि जडान गर्दै प्रहरी

नेपालखबर
पुस २७, २०७६ आइतबार १:५९,

नेपाल प्रहरीले अत्याधुनिक सिम लोकेटर अभ्यासमा ल्याउने भएको छ। आगामी वैशाखभित्रै अत्याधुनिक प्रविधि (डिभाइस) जडान गर्ने प्रहरीको तयारी छ।

मोबाइल फोनको सिम (सब्स्क्राइबर आइडेन्टिटी मोडुल) कार्डमार्फत अपराधीको खास स्थान पत्ता लगाउन सहयोग पुग्ने प्रहरीको भनाइ छ। सो डिभाइस नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँग रहनेछ।

आगामी वैशाखभित्रै जडान गरिसक्ने गरी सिआईबीले डिभाइस जडानका लागि खुल्ला बोलपत्र आह्वानसमेत गरिसकेको छ। स्पेसिफिकेसनअनुसार टेन्डर हाल्न केही कम्पनी सहभागी भइसकेको प्रहरीले जानकारी दिएको छ। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्।

जडान गरिने डिभाइसले अपराधीको लोकेसन मात्र नभई, उनीहरूको मुभमेन्ट, स्पिड, समय र दिशासमेत पत्ता लगाउन सक्नेछ। साथै, मोबाइल सञ्चालनमा नआउँदा पनि सिमका आधारमा यो डिभाइसले वास्तविक स्थान ट्र्याक गर्न सक्नेछ । यसका लागि फोनमा कल हुनैपर्छ भन्ने छैन। सोहीअनुसार योजना बनाएर प्रहरीले अपराधीलाई पक्राउ गर्न सक्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad