ad ad

राजनीति


विश्वप्रकाशको टिप्पणी : ओलीले काँडा मात्रै देखे, फूल देखेनन्

विश्वप्रकाशको टिप्पणी : ओलीले काँडा मात्रै देखे, फूल देखेनन्

नेपालखबर
जेठ ७, २०८० आइतबार १९:३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले देशको आर्थिक दुरावस्थाको दोषी कोही एक व्यक्ति मात्र नभएको बताएका छन्।

आइतवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले देशको आर्थिक दुरावस्था हुनुमा एक व्यक्ति मात्र दोषी नभएको बताए।

उनले देशका शिर्ष नेताहरु सबै राजनीतिक उपलब्धिहरुको अंशियार र कमजोरीहरुको पनि जिम्मेवार भएको बताए। उनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले फूल नदेखेर काँडा मात्रै देखेको टिप्पणी गरे।

ओलीले यस्तो प्रवृत्ति त्याग्नुपर्ने उनको भनाई छ। मुलुकको अर्थतन्त्रको जटिलताको जिम्मेवार वर्तमान सरकार मात्रै नभएको उनले स्पष्ट पारे।

उनले भने, ‘सम्पूर्ण रुपले काँडैकाँडा मात्र देख्ने। एउटा पनि फूल कहीँ नफुलेको देख्ने। त्यो चाहिँ दृष्टि सही भएन भन्ने मलाई लाग्छ। बालकोटमा घाम लाग्दै गर्दा बानेश्वरमा झलमल्ल हुने। बालकोटमा अलिकति बादल लाग्यो भने बानेश्वरमा आइपुग्दा सबै धमिलो देख्ने प्रवृत्ति पूर्वप्रधानमन्त्रीले परित्याग गर्नुपर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .