ad ad

राजनीति


सुनसरीका पत्रकार धरानका मेयर हर्क साङपाङविरुद्ध उत्रिए

सुनसरीका पत्रकार धरानका मेयर हर्क साङपाङविरुद्ध उत्रिए

नेपालखबर
बैशाख २९, २०८० शुक्रबार १६:३९, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङविरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन्।

मेयर साङपाङको अभिव्यक्ति र व्यवहारले आफूहरु असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

शुक्रबार (आज) महासंघले मेयर साङपाङले सामाजिक सञ्जाल फेसबुकमा समेत पत्रकारहरुको बिरोध गर्न आफ्ना समर्थकहरुलाई उक्साएको आरोप लगाउँदै आफूहरुको सुरक्षा गर्न माग गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत् गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएको छ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर मेयर साङपाङबाट आफूहरुको सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन्।

सामाजिक सञ्जालमा समेत मेयर साङपाङले आफूहरु विरुद्ध आफ्ना सकर्थकहरुलाई परिचालन गर्ने प्रयास गरेकाले सुरक्षाका लागि आफूहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउनु परेको महासंघका अध्यक्ष जनकऋषि राईले बताए।

उनले भने, ‘फेसबुकबाट व्यक्त गर्ने विचारहरुले हामीप्रति उहाँले आफ्ना कार्यकर्ताहरुलाई उक्साई रहेको छ भन्ने हाम्रो ठम्याई हो। त्यो कारणले हामी यहाँ असुरक्षित छौं। यो असुरक्षालाई तपाईहरुको तर्फबाट सम्बोधन गरिनु पर्छ। हामी असुरक्षित भयौं। त्यही कारणले हामीले सुनसरीका धरान कार्यक्षेत्र बनाएका साथीहरुलाई आफू सुरक्षित रहेर मात्रै पत्रकारिता गर्नु होला भनेर हामीले हिजोको बैठकबाट अनुरोध पनि गरेका छौं।’

मेयर साम्पाङ विरुद्धको पत्रकार महासंघ सुनसरीको आन्दोलनलाई पत्रकार महासंघ मोरङ र कोशी प्रदेश समिति समेतले ऐक्यवद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .