ad ad

राजनीति


केन्द्रका कर्मचारी ३० हजारमा झारौँ : पृथ्वीसुब्बा गुरुङ

केन्द्रका कर्मचारी ३० हजारमा झारौँ : पृथ्वीसुब्बा गुरुङ

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार १३:४२, काठमाडौँ

नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले संघीयता बलियो बनाउनेगरी बजेट र नीति तथा कार्यक्रम ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन्।

बुधबारको संसद बैठकमा बोल्दै उनले कर्मचारीलाई संघीयतामा लैजानुपर्ने बताए।

‘संघीयको प्रवलीकरणका लागि कमसेकम संघीय प्रहरी ऐन जारी गरौँ, संघीय निजामति ऐन जारी गरौँ,’ गुरुङले भने, प्रदेश र स्थानीय तहलाई प्रहरी व्यवस्थापनको जिम्मा दिऊँ।’

 ‘५० हजार कर्मचारी केन्द्रमा राखेर संघीयता बलियो हुँदैन। ५० हजारमध्ये २० हजार यहाँ (केन्द्र) राखौँ, १० हजार प्रदेश र २० हजार स्थानीय तहलाई छुट्याऊँ। यसो भयो भने मात्रै संघीयताले काम गर्छ जस्तो लाग्छ’, उनले भने। 

बजेट अनुगमन, स्थानीय तहको अनुगमनको व्यवस्था प्रदेशलाई दिन पनि उनले आग्रह गरे। प्रदेशको बजेटको कार्यान्वयनको काम केन्द्रले लिएमाा बढेको अनियमितता नियन्त्रण हुने उनको सुझाव छ। 

गण्डकी प्रदेशका पूर्व मख्यमन्त्री रहेका उनले जिल्ला समन्यव समितिको पनि काम नरहेको बताए। उनले त्यसलाई खारेज गरेर पालिकलाई बलियो बनाउनु पर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .