ad ad

राजनीति


संसद्‌मा गगन थापाले भने- दोषी छ भने नेता होस् कि नाता, एउटा पनि नछुटोस्

संसद्‌मा गगन थापाले भने- दोषी छ भने नेता होस् कि नाता, एउटा पनि नछुटोस्

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार १३:४६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजार हल्ला र भेटघाटले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन प्रभावित हुन नहुने बताएका छन्।

बुधबार पूर्वगृहमन्त्री तथा पार्टीका नेता बालकृष्ण खाँण पक्राउपछि प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन्। 

‘बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस्। तर, कुनै भेटघाटले पनि प्रभावित नहोस्। अनुसन्धान फ्रि र फेयर होस्,’ काठमाडौं ४ बाट निर्वाचित सांसद थापाले भने, ‘निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्।’ 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई दह्रोसँग खुट्टा टेक्न सुझाव पनि दिएका छन्। 

‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अघि उसले सुशासनको नारा लगाउन सक्छ,’ थापाले भने, ‘तपाईंको फिल्म चल्छ। हाउसफुल हुन्छ नभए हल खाली हुन्छ।’

उनले सरकारले अहिलेसम्म गरेको कामको प्रशंसा गर्न चाहेको पनि बताएका छन्।

‘अहिलेसम्म जे भएको छ, म सरकारको प्रशंसा गर्छु। प्रधानमन्त्री र गृहमन्त्रीलाई यो सन्दर्भमा हार्दिक बधाई छ,’ थापाले भने, ‘यसमा हामी सबैको एउटै आजाव छ। संलग्न जुनसुकै दल र ओहदाको होस्, कारबाहीको दायरामा ऊ आउनैपर्छ।’

नागरिकलाई अनुसन्धान ‘फ्रि’ र ‘फियर’ भयो भन्ने विश्वास लागेपछि मात्रै सुशासनका विषयमा अरु काम गर्न सकिने स्मरण पनि उनले गराए।

‘सबैले हेरेको छ। यहाँ अनुसन्धान गरेरमात्र हुँदैन अब। विश्वास लाग्नुपर्छ’, थापाले भने, ‘नागरिकलाई फ्रि र फियर भयो भन्ने विश्वास लाग्नुपर्छ। सुशासनका विषयमा अनि बल्ल अरु काम गर्न सक्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .