ad ad

राजनीति


आज बस्ने एमाले सचिवालय बैठकले सचिव टोपबहादुरलाई कारबाही गर्ला?

आज बस्ने एमाले सचिवालय बैठकले सचिव टोपबहादुरलाई कारबाही गर्ला?

फाइल तस्बिर : पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी


नेपालखबर
बैशाख २६, २०८० मंगलबार ११:१०, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पार्टीले कारबाही गर्ने सम्भावना छ। 

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा एमालेको सचिवालय बैठक बस्दै छ। 

एमालेका एक उच्च तहका नेताका अनुसार आजको बैठकले उनका विषयमा ‘केही न केही’ निर्णय गर्नेछ।

‘पार्टीभित्र उनलाई पार्टी गतिविधिबाट अलग गरेर छानबिनमा सहयोग गर्नुपर्छ भन्ने सबैको मत छ’, ती नेताले मंगलबार बिहान नेपालखबरसँग भने, ‘त्यसैले उनलाई पार्टीको जिम्मेवारीबाट हटाइने सम्भावना छ।’

तर रायमाझी पार्टीको एक तहका नेता भएकाले पार्टीले हतारमा एकैपटक ‘एक्सन’ नलिएर सत्यतथ्य के हो भन्ने बुझेर निर्णय गर्ने उनको भनाइ छ। 

‘जे होस्, आजको बैठकले उनी (टोपबहादुर) बारे केही न केही निर्णय अवश्य गर्छ’, उनले भने, ‘सुरुमा पार्टीका तर्फबाट पनि छानबिन समिति गठन गर्ने कुरा पनि हुनसक्छ।’ 

त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गलत गर्ने मान्छेलाई पार्टीले संरक्षण नगर्ने बरु कारबाहीमा सघाउने बताइरहेका छन्। 

सम्बन्धित खबर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .