ad ad

राजनीति


भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भए राजनीति त्याग्छु: रामहरि खतिवडा

भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भए राजनीति त्याग्छु: रामहरि खतिवडा

नेपालखबर
बैशाख २४, २०८० आइतबार १७:२४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू दोषी ठहर भए राजनीतिक जीवन परित्याग गर्ने घोषणा गरेका छन्।

आइतबारबाट सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई पनि मुछेको प्रति आपत्ति जनाउँदै यस्तो घोषणा गरेका हुन्।

‘कुनै–कुनै सञ्चार माध्यमले मेरो पनि नाम राखेर समाचार प्रकाशित गरेको पढेँ,’ खतिवडाले भने, ‘यदि कहीँ कतैबाट पुष्टि भएर म त्यसमा संलग्न छु भने सजाय भोगेर राजनीतिक जीवनबाट बाहिर जान तयार छु।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुले संसदमा ताली बजाएर नभएर कानुनअनुसार सजाय भोग्न तयार हुनुपर्नेमा पनि जोड दिए। 
 
‘भुटानी शरणार्थीका बारेमा चर्चा चल्यो। हामी चाहन्छौँ कोही पनि दोषी छ भने सरकारले गरेको कारबाही भोग्न तयार हुनु पर्छ,’ खतिवडाले भने, ‘संसदमा ताली बजाएर होइन, कानुनअनुसार सजाय भोग्न तयार हुनुपर्छ।’ 

उनले दोषीलाई लुकाउने माथि कस्तो कारबाही हुन्छ भनेर सभामुख देवराज घिमिरेलाई प्रश्न पनि गरे। ‘जो दोषी छ त्यसलाई लुकाउनेलाई के कारबाही हुन्छ, सभामुख महोदय?,’ खतिवडाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .