ad ad

राजनीति


अर्घाखाँचीबाट काठमाडौं जान्छु भनी हिँडेका सांसद टोपबहादुर सम्पर्कविहीन

अर्घाखाँचीबाट काठमाडौं जान्छु भनी हिँडेका सांसद टोपबहादुर सम्पर्कविहीन

नेपालखबर
बैशाख २१, २०८० बिहिबार ८:२४, काठमाडौँ

अर्घाखाँचीबाट काठमाडौं जान्छु भनी हिँडेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन्।

टोपबहादुर सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको सुपदेउराली मन्दिरमा दर्शन गर्न पनि पुगेका थिए। बुधबार उनले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउँदै कानुनलाई सहयोग गर्ने वचन सन्धिखर्कमा पत्रकारसँगको कुराकानीमा उल्लेख गरेका थिए।

बुधबार भैरहवा विमानस्थलबाट सभामुख देवराज घिमिरेसँगै टोपबहादुर काठमाडौं आउन ठीक्क परेका थिए। पक्राउ पुर्जी जारी भइसकेका उनलाई  प्रहरीले काठमाडौंमा उत्रिनेबित्तिकै समात्ने तयारी गरेको थियो। उक्त सूचना पाएका उनी त्यसपछि सम्पर्कविहीन भए।

बुटवलबाट छोरा सन्दीप पनि समातिएपछि उनले अन्तिम समयमा विमानको टिकट क्यान्सिल गरेका छन्। 

उनको मोबाइल फोन पनि अफ छ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनी ५ करोडभन्दा बढी ठग्ने गिरोहसँग सांसद टोपबहादुर र छोरा सन्दीपको नाम मुछिएको छ। 

हालसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन्। ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।

उनीमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ। बुधबार नै प्रहरीले तत्कालीन गृहसचिव  टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो।

यही प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने उनीहरू हाल फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .