राजनीति


रोकिएको नागरिकता विधेयकबारे कानुनविद्सँग छलफल गर्दै राष्ट्रपति

रोकिएको नागरिकता विधेयकबारे कानुनविद्सँग छलफल गर्दै राष्ट्रपति

नेपालखबर
बैशाख २४, २०८० आइतबार १०:१३, काठमाडौँ

राष्ट्रपति कार्यालयमा रोकिएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) कानुनविद्हरूसँग छलफल गर्ने भएका छन्। 

दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भन्ने विषयमा राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

संसद्‌बाट दुई–दुईपटक पारित नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगर्दा राष्ट्रपति कार्यालयमै रोकिएको छ।  

सम्बन्धित खबर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .