ad ad

राजनीति


प्रतीकको स्पष्टीकरण : नक्कली शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन, अनुसन्धानमा सघाउँछु

प्रतीकको स्पष्टीकरण : नक्कली शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन, अनुसन्धानमा सघाउँछु

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १२:२१, काठमाडौँ

पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्नता अस्वीकार गरेका छन्।

नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौंमार्फत पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा उनले राजनीतिक प्रतिशोध साँध्ने गरी आफूमाथि यस्तो आरोप लगाएको पनि जिकिर गरेका छन्। 

‘लामो समयदेखि केही सञ्चारमाध्यमले गलत उद्देश्यका साथ मविरुद्ध तथ्यहीन प्रचार गरिरहेका थिए र छन्। तर, पनि मिडियामा आएका झुटा प्रचारमा प्रतिक्रिया दिने मेरो व्यक्तिगत रुचि रहेन’, उनले भनेका छन्, ‘मविरुद्ध आज पनि गलत अभिप्रायकासाथ तथ्यहीन प्रचार र आरोप लगाउने क्रम जारी छ। राजनीतिक प्रतिशोध जस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढावा दिने हो? भन्ने कुरा बुझ्न जरुरी छ।’ 

उनले बुवा ‘बादल’ले गृह मन्त्रालय सम्हाल्दा सचिवालयमा रहेर लामो समय काम गरेका थिए। त्यसबारे पनि उनले आफ्नो स्पष्टीकरण दिएका छन्। 

'हामीले गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेका छौँ’, उनले अगाडि भनेका छन्, ‘जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकतासाथ कटिबद्ध भएर काम गरेका छौँ। त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन।’

उनले आफ्नो संलग्नता नै नरहेको नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा जोडिएको भन्दै गुनासो गरेका छन्। 

‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु’, उनले भनेका छन्, ‘तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा बादलका छोरा प्रतीक, तत्कालीन ऊर्जानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसमेत जोडिएका छन्।

यो प्रकरणमा बादलका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार इन्द्रजित राईले प्रतीककी आमा एवम् तत्कालीन सञ्चारनमन्त्री नैनकला थापाको पनि नाम मुछेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .