भाैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफूले १ वर्षदेखि स्मार्ट लाइसेन्स नपाएकाे बताएका छन्।
नेपालमा आर्थिक पत्रकार संघकाे कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले नियमित प्रक्रियाबाटै लिने पनि बताए।
‘यातायात क्षेत्रमा केही समस्या वा विकृति छन्’, उनले भने, ‘मेराे नै लाइसेन्स १ वर्षदेखि पाएकाे छैन।’
कार्यक्रममा मन्त्री ज्वालाले व्यक्तिगत रूपमा विद्युतीय गाडीकाे प्रयाेग बढ्दाे भए पनि सार्वजनिक यातायातमा आकर्षण नभएकाे स्वीकार गरे।
उनले अहिले विद्युत् उत्पादन बढ्दाे क्रममा रहेकाले विद्युतीय सवारीसाधन बढाउनुपर्ने बताए।
उनले आगामी नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय सवारी बढाउने बताए।
चालू आर्थिक वर्षमा १ खर्ब ६७ अर्ब रहेकाेमा नयाँ बजेटमा १ खर्ब १३ अर्ब रूपैयाँ रहेकाले कुन कार्यक्रम राख्ने भन्ने अन्याैलमा छ।
Shares
प्रतिक्रिया