बारा क्षेत्र नम्बर २ का सबै मतपेटिका आइतवार राति ९ बजेसम्म कलैयास्थित मतगणनास्थलमा आइपुग्ने भएका छन्।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार आधाभन्दा धेरै मतपेटिका कलैया ल्याइसकिएको छ।
बारा क्षेत्र नम्बर २ मा ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
कुल ६ वटा स्थानीय तहका ४४ वडा रहेको यस निर्वाचन क्षेत्रमा गाउँबाट मतपेटिका कलैया ओसार्ने क्रम जारी छ।
यहाँको मतगणना आजै गर्ने वा भोलिबाट थाल्नेबारे सर्वदलीय बैठकपछि निर्णय गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यहाँ रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको हो। यस क्षेत्रमा मंसिर ४ को चुनावमा यहाँ ६४.४४ प्रतिशत मत खसेको थियो।
बारामा जसपाबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र आमजनता पार्टीबाट अरुण ज्ञवालीसहित ३४ उम्मदेवार छन्।
Shares

प्रतिक्रिया