चितवन क्षेत्र नम्बर २ को मतगणना तयारी भइरहेको छ। यहाँ अब इच्छाकामना गाउँपालिकाको ७ वटा मतदान केन्द्रको मतपेटिका गणनास्थलमा आइपुग्न बाँकी छ।
चितवन २ को मतगणना भरतपुर महानगरपालिका १० स्थित प्रदर्शनी केन्द्रमा हुँदैछ।
मतगणना हुने ठाउँमा सीसी क्यामरासहित फलामे तारबार हालिएको छ।
इच्छाकामनाको पनि मतपेटिका आइसकेपछि आइतवारै रातिबाट मतगणना सुरू गर्ने तयारी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
चितवन २ मा इच्छाकामना र कालिका नगरपालिकाको केही क्षेत्र विकट पहाडमा छन्।
120
Shares

प्रतिक्रिया