ad ad

राजनीति


शान्ति प्रक्रियाका बाँकी काम हरहालतमा पूरा गर्नु छ : श्रेष्ठ

शान्ति प्रक्रियाका बाँकी काम हरहालतमा पूरा गर्नु छ : श्रेष्ठ

नेपालखबर
बैशाख ९, २०८० शनिबार १५:३९, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन्। 

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले संक्रमणकालिन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकि कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताएका हुन्। 

शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरु भइरहेको उनले उल्लेख गरे।

‘संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकि काम छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगको कामलाई पूरा गरेर मात्रै हामीले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सक्छौं,’ श्रेष्ठले भने, ‘शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्न सक्छौं। यो शान्ति प्रक्रियाको बाँकि काम अहिले हामीले हरहालतमा पूरा गर्र्नु छ।’

एक दशक भन्दा बढि समय बित्दा पनि संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकि कामले पूर्णता पाउन नसकेकाले अहिले त्यसलाई पूरा गर्न क्रियाशील हुनु परेको उनको भनाई थियो। 

‘धेरै दशकभन्दा बढि बित्यो । डेढ देश वितिसक्यो। तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं। संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष वितिसक्यो। तर हामीले यो काम पूरा गरेका छैनौं,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘र, यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रुपमा विभिन्न प्रयत्नहरू भइराखेका छन। त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकी कामलाई पूरा गर्नु छ।’

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन समेत दिए।

मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको दोहोर्‍याउँदै उहाँले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको उनले बताए। 

‘जनताको अपेक्षा पूरा गर्न, हाम्रो प्रतिवद्धता पूरा गर्न र यो परिवर्तनको औचित्य पुष्टि गर्नका लागि हामीले समृद्धिको यात्रालाई तीव्रता प्रदान गर्नु पर्छ। र, फड्को मार्ने दिशामा पु¥याउनु पर्दछ भन्ने हाम्रो अर्को कार्यभार हो। जसलाई हामीले तात्कालिक केन्द्रिय कार्यभार भनेका छौं,’ उनले भने, ‘अहिले अर्थतन्त्रको क्षेत्रमा केही समस्याहरु देखा परेका छन्। तत्कालीक रुपमा केही अप्ठ्याराहरु देखा परेका छन्। तर, अर्थतन्त्र गम्भिर संकटको चक्रब्यूहमा पसेर निस्कनै नसक्ने जस्तो गरी बुझ्नु हुँदैन। केही समस्याहरु छन्। त्यो समस्याहरुलाई हामीले गम्भिरतापूर्वक विश्लेषण गरिराखेका छौं। त्यसलाई सकारात्मक ढंगले सम्बोधन र समाधान हामी छिट्टै गर्नेछौं।’

उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई गल्ती गर्ने छुट नभएको निर्देशन दिएको स्मरण गराउँदै सोही अनुसार काम गर्न आफूहरु प्रतिवद्ध रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .