ad ad

राजनीति


छिमेकी देशको भ्रमण गर्दैछु, देशको स्वार्थ व्यवस्थित रूपले राख्ने तयारी छ : प्रधानमन्त्री

छिमेकी देशको भ्रमण गर्दैछु, देशको स्वार्थ व्यवस्थित रूपले राख्ने तयारी छ : प्रधानमन्त्री

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री। तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
बैशाख ९, २०८० शनिबार १५:५९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै छिमेकी देशहरूसँगको भ्रमण गर्न लागिएको भन्दै त्यसको तयारीमा लागेको बताएका छन्।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। 

साथै, उनले यो भ्रमणको क्रममा देशको स्वार्थ र हितलाई व्यवस्थित रुपले राख्न नसक्दा अप्ठेरो आउन सक्ने बताए। 

‘छिट्टै मेरो छिमेकीहरूसँगको भ्रमण हुँदैछ। त्यसको तयारी राम्रो गरिएन भने राष्ट्रको समग्र हित, स्वार्थ व्यवस्थित ढंगले राख्न सकिएन भने त्यसले अप्ठेरो आउन सक्छ। हामी त्यसको तयारीमा छौं,’ प्रचण्डले भने। 

साथै, अहिले बनेको सरकारलाई आफूले चुनौतीपूर्ण अवसरको रुपमा लिएको पनि प्रधानमन्त्री प्रचण्डले बताए। 

‘अहिले विभिन्न अप्ठेराका बीचबाट कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्ने स्थिति बनेको छ। यसलाई मैले एउटा चुनौतीपूर्ण अवसर भन्ने गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रको एकता र स्वाधिनतालाई अझ बलियो बनाउने चुनौती, अर्थतन्त्रमा देखा परेका संकटलाई व्यवस्थित बनाउने चुनौती छ। धेरै चुनौतीका बीचमा यो अवसर पनि हो।’

प्रधानमन्त्री प्रचण्डले अहिले नेपालका राजनीतिक दलहरूले एक्लै बहुमत ल्याउने अवस्था असम्भव रहेको दाबी गरे। 

‘एउटै पार्टीले बहुमत ल्याउने स्थिति करिक करिब असम्भव नै छ। हामीले यो गठबन्धनलाई पाँच वर्ष चलाएर जनतालाई डेलिभरी दिने चुनौती छ।’ प्रचण्डले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .