ad ad

राजनीति


भारतीय प्रधानमन्त्री मोदीलाई आत्मघाती हमलाको धम्की, केरलामा बढाइयो सुरक्षा

भारतीय प्रधानमन्त्री मोदीलाई आत्मघाती हमलाको धम्की, केरलामा बढाइयो सुरक्षा

फाइल तस्बिर


नेपालखबर
बैशाख ९, २०८० शनिबार १४:२८, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आत्माघाती बम हमलाको आएको छ। भारतीय जनता पार्टीको प्रदेश कार्यालयमा प्रधानमन्त्री मोदीको आसन्न भ्रमणका विषयमा धम्कीपूर्ण पत्र प्राप्त भएको हो। 

धम्कीपछि भारतको केरलामा सुरक्षा सतर्कता बढाइएको छ।

पत्रमा प्रेषकको नाम र अन्य विवरण पनि उल्लेख रहेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई दिनपछि यही अप्रिल २४ मा मोदी कोची भ्रमणमा जाने कार्यक्रम तय छ।

सोही भ्रमणका क्रममा आत्मघाती बम हमला गरिने धम्की आएको हो। 

पत्रमा उल्लेख नामका व्यक्तिको प्रहरीले पहिचान गरिसकेको भए पनि उनले आफ्नो संलग्नता अस्वीकार गर्दै आफूलाई फसाउन प्रयोग गरिएको बयान दिएका छन्।

पत्रपछि सुरक्षा सतर्कता बढाइएको छ र केन्द्रीय अनुसन्धान एजेन्सीहरुले थप अनुसन्धान गरिरहेका छन्।

मोदीको भ्रमणका क्रममा तयार पारिएको सुरक्षा योजनासमेत सञ्चारमाध्यममा सार्वजनिक भएको थियो। सुरक्षा योजनासहितको पत्र सार्वजनिक हुँदा सुरक्षामा असर गरेको हो। 

सोही ठाउँका नेतासमेत रहेका विदेशमन्त्री एम मुरलीधरले पत्र लिक भएकामा चिन्ता व्यक्त गरे। यसलाई प्रहरीका तर्फबाट गम्भीर त्रुटि भएको उनको टिप्पणी छ।

तर भाजपाका राज्य प्रमुख के सुरेन्द्रले निर्धारित सबै कार्यक्रम हुने बताएका छन्।

उनले प्रधानमन्त्री मोदीको कार्यक्रम विवरण दिँदै मोदीसहित भाजपाका शीर्ष नेता र्‍यालीमा सहभागी हुने र जनसभालाई सम्बोधन गर्ने बताएका थिए। 

‘प्रधानमन्त्रीको केरला भ्रमणले राज्यको विकासलाई गति दिनेछ। यो भ्रमणबाट केरलाका जनताको ठूलो अपेक्षा छ। प्रधानमन्त्री मोदीको स्वागतका लागि ठूलो संख्यामा जनता सडकमा आउनेछन्। केरलाको राजनीतिक परिवर्तनको सुरुवात हुनेछ। पार्टी राजनीतिभन्दामाथि केरलाको विकास चाहने युवाहरु यसमा सहभागी हुनेछन्’, उनले मोदीको भ्रमणबारे पत्रकार सम्मेलनमा भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .