राजनीति


दिल्ली विधानसभा चुनाव: 'आपलाई दुई तिहाइ, मोदीको पार्टी पत्तासाफ'!

दिल्ली विधानसभा चुनाव: 'आपलाई दुई तिहाइ, मोदीको पार्टी पत्तासाफ'!

नेपालखबर
पुस २१, २०७६ सोमबार १५:४७,

भारतको निर्वाचन आयोगले आगामी महिना दिल्ली विधानसभाको चुनाव हुने घोषणा गरेको छ।

आयोगले फेब्रुअरी ८ मा निर्वाचन हुने र त्यसको तीन दिनपछि मतगणना हुने जनाएको छ। निर्वाचनको मिति घोषणा हुने वित्तिकै सिभोटरले सार्वजनिक गरेको ओपनियन पोलमा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको आम आद्मी पार्टी (आप) अत्याधिक बहुमतका साथ पुन दिल्लीको सत्तामा पुग्ने देखाएको छ।

सीभोटरअनुसार निर्वाचनमा आपले ५४ देखि ६४ सीट जित्ने छ। प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ३ देखि १३ स्थानसम्म जित्ने अनुमान गरेकोछ। त्यसैगरी कांग्रेसले बढीमा ६ स्थान जित्ने देखाएको छ। कांग्रेसको खाता खाेल्नै नसक्ने अवस्था पनि हुन सक्ने जनाएको छ। सन् २०१५ मा भएको चुनावमा कांग्रेसले एक स्थान पनि जितेको थिएन। केही स्थानमा मात्रै दोस्रो स्थानमा आएको थियो।

सिभोटरले जनवरीको पहिलो साता दिल्ली विधानसभाको ७० वटै निर्वाचन क्षेत्रका १३ हजार ७६ मतदातामा सर्वेक्षण गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .