ad ad

राजनीति


राष्ट्रपति पौडेलका पहिलो ३० दिन, यस्ता छन् उपलब्धि

राष्ट्रपति पौडेलका पहिलो ३० दिन, यस्ता छन् उपलब्धि

फाइल तस्बिर


नेपालखबर
चैत ३०, २०७९ बिहिबार १८:२१, काठमाडौँ

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको चैत २५ गते एक महिना पूरा भएको छ। गत फागुन  २५ गते सत्ता गठबन्धबाट राष्ट्रपतिमा विजयी भएपछि पौडलको यो एक महिना बधाई तथा शुभकामना लिएर बितेको छ। 

देशको तेस्रो राष्ट्रपति बनेपछि पौडेलले राजनीतिक, आर्थिकसहित समसामयिक विषयमा पनि चासो राखिरहेका छन्। 

आफूलाई बधाई दिन आउने सर्वसाधारणदेखि उद्योगी व्यवसायीसँग पनि उनले देशको राजनीतिक तथा आर्थिक अवस्थाबारे छलफल गरिरहेका छन्। 

राष्ट्रपति पौडेलले एक महिना बिताएको अवसरमा उनको सचिवालयले फागुन २५ गतेदेखि चैत २५ गतेसम्मका काम र भेटघाटसहितका गतिविधिको फेहरिस्त सार्वजनिक गरेको छ।

यसबीचमा पौडेलले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पनि भेटेका छन्। 

उनले विभिन्न संवैधानिक आयोगका पदाधिकारीसँग पनि छलफल गरेका छन्। पौडेलल यसबीचमा एक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सरकार विस्तारलाई लिएर संवाद गरेका छन्।  

निरन्तरको सक्रियता र धपेडीले यहीबीचमा उनी बिरामीसमेत भए। व्यस्तता र धपेडीले बिरामी भएपछि उनी  चैत १९ गते शिक्षण अस्पतालमा भर्ना भए। त्यहाँ उनको ५ दिनसम्म उपचार गरियो। 

यसबीचमा उनले तीनजना विज्ञ नियुक्ति गरेका छन्। राजनीतिक विज्ञमा सुनिलबहादुर थापा, कानुनविज्ञमा बाबुराम कुँवर र आर्थिक विज्ञमा चिरञ्जीवी नेपाललाई नियुक्त गरेका छन्।

त्यसैगरी स्वकीय सचिवालयमा नियुक्त गरिएको छ। प्रमुख स्वकीय सचिव डा सुरेशचन्द्र चालिसे, प्रेस सचिवमा किरणकुमार पोखरेल, निजी सचिवमा चिरञ्जीवी अधिकारी, प्रेस संयोजकमा खिला कार्की, स्वकीय उपसचिवमा सुशील तिमिल्सेना, स्वकीय अधिकृतमा दिनेश शर्मा र कार्यालय सहयोगीमा विमला थापामगरलाई नियुक्त गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .