ad ad

राजनीति


चितवन–२ मा गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार बन्ने

चितवन–२ मा गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार बन्ने

नेपालखबर
चैत १६, २०७९ बिहिबार ११:३५, काठमाडौँ

नेपाली कांग्रेसले वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ को उम्मेदवार टुंगो लगाएको छ। कांग्रेसले चितवन–२ मा जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि देउवाले श्रेष्ठलाई बोलाएर उम्मेदवार बनाउने बताएका हुन्। 

उनी चितवनका जिल्ला अध्यक्ष हुन्। श्रेष्ठलाई चितवन–२ मा उम्मेदवार बनाउने निर्णय भएको र त्यहाँबाट आफू निर्वाचित हुने समेत श्रेष्ठले बताएका छन्। 

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनको तर्फबाट आफू साझा उम्मेदवार हुने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .