राजनीति


माओवादी घटकहरूको बैठक : केही दिनभित्रै संयुक्त पत्रकार सम्मेलन

माओवादी घटकहरूको बैठक : केही दिनभित्रै संयुक्त पत्रकार सम्मेलन

प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान बसेको माओवादी घटकहरूको बैठक।


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार ९:२२, काठमाडौँ

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको माओवादी घटकहरूको बैठक सकिएको छ। 

दुई/चारदिन भित्रै संयुक्त पत्रकार सम्मेलन गर्ने निर्णय बैठकले गरेको एक नेताले जानकारी दिए।

साथै बैठकले द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित व्यक्तिसँग अन्तर्किया गर्ने निर्णय पनि गरेको छ। 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी भएका थिए। 

सर्वाेच्च अदालतमा यही फागुन २३  मा दर्ता द्वन्द्वकालीन दुईवटा मुद्दाले माओवादी धारका पार्टीलाई एकै ठाउँमा उभ्याइदिएको हो। 

नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी र माओवादी कम्युनिस्ट पार्टीले कार्यगत एकता गर्ने निर्णय यसअघि नै गरिसकेका छन्। 

विभिन्न समयमा टुटेका माओवादी घटकहरुबीच एकता प्रयास थालिएको हो। यसमा जोडिने पार्टीको संख्या अझै बढ्ने नेताहरु बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad