नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत् उनले राष्ट्रपतिमा निर्वाचित भएकोमा पौडेललाई बधाई दिएका हुन्।
‘नेपालको तेस्रो राष्ट्रपतिको गरिमाय पदमा निर्वाचित हुनुभएकोमा नेपाली कांग्रेसका नेता एवं मेरा मित्र माननीय श्री रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।
बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा कांग्रेस वरिष्ठ नेता पौडेल एमालेका सुवासचन्द्र नेम्बाङलाई दोब्बर भन्दा धेरै मतान्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
36
Shares

प्रतिक्रिया