राजनीति


प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दाको सुनुवाइ आज होला?

प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दाको सुनुवाइ आज होला?

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार ९:१४, काठमाडौँ

द्वन्द्वकालीन घटनाका आधारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ। 

प्रधानमन्त्री प्रचण्डविरुद्ध दर्ता रिट निवेदन सुनुवाइ गर्न हिजो (बिहीबार) कै लागि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिए पनि त्यो इजलासै बसेन। 

अब उक्त रिट सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ। आज पुनः इजलास गठन हुनेछ र न्यायाधीश अर्कै पर्न सक्ने सम्भावना हुनेछ।

प्रचण्डविरुद्ध द्वन्द्व पीडित ज्ञानेन्द्रराज आरनसहित र चिरञ्जिविवास गिरीसहितले छुट्टाछुट्टै रिट निवेदन दिएका छन्।

सर्वोच्च प्रशासनले दरपीठ गरेको रिट निवेदन न्यायाधीशको आदेशले गत मंगलबार दर्ता भएको हो। निवेदनमा प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरेर ज्यान मुद्दाको कसुरमा कारबाही गर्न माग गरिएको छ।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए। सोही आधारमा उनीविरुद्ध मुद्दा हालिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad