ad ad

राजनीति


नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिँदै बाँस्कोटाको व्यंग्य– सडक जाम त आजैबाट अन्त भइहाल्छ

नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिँदै बाँस्कोटाको व्यंग्य– सडक जाम त आजैबाट अन्त भइहाल्छ

फाइल फाेटाे : एमाले नेता गोकुल बाँस्कोटा


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १९:५२, काठमाडौँ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सामाजिक सञ्जालमार्फत पनि नेताहरूले बधाई तथा शुभकामना दिइरहेका छन्। 

यसै क्रममा नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पनि नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिएका छन्। सँगसँगै उनले सभामुख भएका बेला पौडेलले पूर्वाग्रही व्यवहार गरेको आरोप लगाउँदै अहिले राष्ट्रपति हुँदा पनि नदोहोरियोस् भनेर आग्रह गरेका छन्। 

राष्ट्रपतिको सवारी हुँदा सडकमा सर्वसाधारणले दुःख पाउने गरेका छन्। एमाले नेता बाँस्कोटाले अब सडक जाम आजैबाट अन्त्य हुने व्यंग्य पनि गरेका छन्। 

‘नेपालको राष्ट्रपतिजस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्यूलाई  हार्दिक बधाई’, बाँस्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सभामुख हुँदाको जस्तो पूर्वाग्रही व्यवहार कसैप्रति नहोस् र सडक जाम त आजैबाट अन्त भइहाल्छ।’

आज भएको चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराउँदै राष्ट्रपतिमा विजयी भएका हुन्।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेल।

उनले २१४ केन्द्रीय र ३५२ प्रदेश सांसदको मत पाए। ३३ हजार ८०२ मतभार ल्याएर पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

पराजित नेम्वाङले भने १५ हजार ५ सय १८ मतभार प्राप्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .